मनाङ । चामे क्षेत्रमा पहिरो खस्दा मर्स्याङ्दी नदीको बहाव प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार पहिरोका कारण केही समय नदी थुनिए पनि अहिले नदीको बहाव आंशिक रूपमा सुचारु भएको छ।
पहिरो खस्ने क्रम भने अझै जारी रहेकाले नदीको तटीय क्षेत्र, मर्स्याङ्दी करिडोर तथा आसपासका बस्तीमा जोखिम बढेको प्रशासनले जनाएको छ। प्रशासनले ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अर्को सूचना जारी नभएसम्म नदी आसपासका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै मर्स्याङ्दी नदीको बहाव तथा पहिरोको अवस्थाबारे निरन्तर निगरानी भइरहेको प्रशासनले जनाएको छ।



















प्रतिक्रिया