प्रमुख विपक्षी नेपाली कांग्रेसले नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाउनबारे सरकारले आफ्नो दलसँग कुनै परामर्श नगरेको बताएको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आफ्नो दलले हिंसात्मक गतिविधिको सँधै विरोध गर्ने बताए । तर, सरकारले सुरुदेखि विप्लव समूहको गतिविधिलाई गम्भिर रुपमा नलिएको र वार्ताका लागि गम्भिर प्रयास पनि नगरेको बताए । महतले भने, ‘विप्लव समूहबारे हामीले…