प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेकाे छ। ७७ वटै जिल्लामा हुन लागेकाे विराेधसभाका लागि कांग्रेस शीर्ष तथा केन्द्रीय नेताहरु जिल्ला जिल्लामा पुगेका छन्।वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको विरोध प्रदर्शनको नेतृत्व गर्नेछन्। यसैगरी उपसभापति विमलेन्द्र निधिले धुनषामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महामन्त्री सशांक कोइरालाले नवलपुरको विरोध प्रदर्शनको नेतृत्व…