चिकित्सा शिक्षा सुधारको लागि १६ औ सत्यग्रहको २४ दिनमा अनसन तोड्दै डा. गोविन्द केसीले अबकाे आन्दाेलन फरक ढंगबाट हुने बताएका छन्। उनले जनता र विद्यार्थी विराेधी चिकित्सा शिक्षा विद्येयक कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै यसकाे संशाेधनकाे लागि फरक ढंगबाट सरकारविरूद अन्दाेलन गर्ने बताए।
उनले कम्युनिष्ट सरकार दुई तिहाईको दम्भमा दुवै सदनबाट उक्त विधेयक पारित गरेर यसअघि केपी ओली नेतृत्वको सरकारले नै गरेको सम्झौताबाट पछि हटेको बताए। यसले इतिहासमा नै नजीरको रुप लिई संसदीय व्यवस्थामा उतार चढाव ल्याउँछ। उनले भने,’आफैले गरेको सम्झौताबाट सरकार पछि हट्यो भने जनमानसमा नराम्रो प्रभाव पर्छ त्यसैले पूर्व सहमतिलाई निरन्तरता दिनु पर्छ।’ उनले आफूसँग भएका सम्झौता अनुरुप नै विद्येयक संशोधन गरेर ऐन ल्याउन जस्ताे सुकै मूल्य चुकाउन तयार रहेकाे बताए।
उनले भने, यति गरेन भने यो आन्दोलन जारी रहन्छ । प-यो भने म १७ सत्यग्रह बस्न पनि हिचकिच्याउने छैन् । उनले राष्ट्रपतिले विद्येयक पुर्नविचारका लागि फिर्ता पठाउने बताए । यदि पठाउनुभएन भने म सत्यवादी लडाकुँ हुँ । जनताको सत्यका लागि कसैको विरुद्धपनि लड्छु ।’
डा। केसीलाई अनसन तोडन भन्दै सबैभन्दा पहिला कांग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गर्ने व्यक्ति थिए। उनले भनेको कुरा निकै महत्वपूर्ण छ । देउवाले भनेका थिए,–‘ केही माग पूरा भएका छन् र बाँकीका लागि तपाईको नेतृत्वमा आन्दोलन गरौंला, अनसन तोड्नूहोस । ’
सभापति देउवाले डा.केसीलाई तपाईको नेतृत्वमा आन्दोलन गरौंला भन्नुको पछाडी ठूलो योजना छ । अहिले कांग्रेस सरकारबिरुद्ध सडक र सदन दुर्वतर्फ आन्दोलनमा छ । उसले लगातार संसद् अवरुद्ध गरिरहेको छ भने माघ २१ गते सरकारबिरुद्ध देशब्यापी प्रदर्शन गर्दैछ । भ्रातृसंगठनहरु दैनिक प्रदर्शन गरिरहेका छन् । डा केसीकाे मागमा विवेकशील साझा लगायतका राजनीतिक दलले समर्थन गरेका छन्।
त्यस्तै भर्खरै पार्टी एक गरेका पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी समूहपनि सरकारबिरुद्धको लडाईंका लागि कांग्रेससंग परामर्शमा जुटिसकेका छन् । कमल थापा नेतृत्वको राप्रपा त हिन्दू राष्ट्रको एजेण्डासहित चरणबद्ध आन्दोलनमा पहिलेदेखि नै छ, अझ चर्काउने उसको योजना छ ।
प्रतिक्रिया