Logo

पत्रपत्रिका

जनप्रतिनिधिकाे अधिकारमाथि सरकारले अंकुश लगाउने तयारी



करिब दुई वर्षको अभ्यासलाई समीक्षा गर्दै सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधन गर्न गृहकार्य अघि बढाएको छ । स्थानीय तहलाई थप जिम्मेवारी, उत्तरदायी र पारदर्शी बनाउने उद्देश्यका साथ जनप्रतिनिधिलाई अंकुश लगाउने गरी ऐन संशोधन गर्न लागिएको बुझिएको छ ।

संविधानले धेरै अधिकार दिएको भन्दै केही जनप्रतिनिधि स्वैच्छाचारी तवरले चलेको निष्कर्ष निकाल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐन संशोधन तयारी अघि बढाएको छ ।

ऐन संशोधनका लागि मन्त्रिपरिषदले मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत दिइसकेको छ । यो समाचार नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।

प्रकाशित मिति : माघ २१, २०७५ सोमबार  ४ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।