काठमाडौं । तराईका विभिन्न जिल्लामा देखिएको तनाव क्रमशः मत्थर बन्दै गएपछि गृहमन्त्री सुधन गुरुङ चार दिनपछि काठमाडौं फर्किएका छन्। साउन १४ गते सुनसरी पुगेका उनले त्यहाँ मृतकका परिवारसँग सहमति गरेका थिए। त्यसपछि सिराहा र धनुषाको भ्रमण गर्दै आन्दोलनरत पक्षसँग निरन्तर संवाद र वार्ता गरेका थिए। धनुषामा हिन्दु सम्राट सेनासँग भएको वार्तामा लिखित सहमति नभए पनि मौखिक…