Logo

खेलकुद

विश्वकप लिग २मा क्यानडासँग भिड्दै नेपाल



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा क्यानडासँग खेल्दै छ ।

अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

नेपालले यसअघि भएका दुवै खेल जितेको थियो । नेपालले पहिलो खेलमा क्यानडा अनि दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार ०७:०२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।