काठमाडाैं। अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै जारी गरेको अनुमानअनुसार भारतीय अर्थतन्त्रको आकार बेलायतभन्दा तल झरेर छैटौँ स्थानमा पुगेको छ। आइएमएफले अप्रिलमा सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक परिदृश्य’अनुसार भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२६/२७ को अन्त्यमा ४.१५ ट्रिलियन डलर हुने प्रक्षेपण छ । जबकि, भारतभन्दा अगाडि रहेको बेलायतको जिडिपी ४.२६ ट्रिलियन डलर हुने प्रक्षेपण छ । भारतको वरीयतामा भएको गिरावट…