Logo

समाचार

उन्नत बीउ उत्पादनमा अनुदान : वैशाख १० भित्र विवरण पठाउन स्थानीय तहलाई आह्वान



काठमाडौं । कृषि विभागले उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन स्थानीय तहलाई आह्वान गरेको छ। विभागले उन्नत बीउको माग तथा आपूर्तिसम्बन्धी विवरण वैशाख १० गतेभित्र पठाउन आग्रह गरेको हो।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले स्थानीय तहमार्फत उत्पादन हुने उन्नत बीउबिजनको प्रयोग विस्तार गर्न मूल्य अनुदान कार्यक्रम लागू गरिएको जानकारी दिए। उनले बीउ उत्पादक र स्थानीय तहलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरे।

कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले विभागले उन्नत बीउ उत्पादनमा प्रोत्साहनस्वरूप अनुदान उपलब्ध गराउँदै आएको छ।

अनुमति प्राप्त स्रोत बीउ उत्पादकलाई मोटो–मध्यम प्रकृतिका जातका लागि प्रतिकिलो २० रुपैयाँ, मसिनो जातका लागि २३ रुपैयाँ र खुमल शृङ्खलाका जातका लागि ३४ रुपैयाँ अनुदान दिइने जनाएको छ।

यस्तै, उन्नत बीउ उत्पादकका लागि मोटो–मध्यम जातमा प्रतिकिलो १७ रुपैयाँ, मसिनो जातमा २२ रुपैयाँ र खुमल शृङ्खलाका जातमा ३० रुपैयाँ अनुदान उपलब्ध हुने जनाइएको छ।

किसानलाई उन्नत बीउ प्रयोगमा प्रोत्साहन गर्न सबै जातका धानमा तोकिएको मूल्यको ५० प्रतिशतसम्म अनुदान प्रदान गरिने विभागले स्पष्ट पारेको छ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार ०८:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।