सिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति ,इरानसँगको बढ्दो तनाव र उनको कार्यशैलीलाई ‘अधिनायकवादी’ भन्दै शनिबार अमेरिकाभर व्यापक विरोध प्रदर्शन भएका छन्। ‘नो किंग्स’ (राजा चाहिँदैन) अभियान अन्तर्गत तेस्रो चरणको आन्दोलनमा अमेरिकाका सबै ५० राज्यका ३,२०० भन्दा बढी स्थानमा कार्यक्रम आयोजना गरिएको आयोजकहरूले जनाएका छन्। अघिल्ला चरणझैँ यसपटक पनि लाखौँ मानिस सडकमा…