काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार सिंहदरबारस्थित संसद् सचिवालय र नयाँ संसद् बैठक कक्षको अवलोकन गर्नुभएको छ । अवलोकनपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद् लोकतन्त्रको मूल आधार भएको बताउनुभयो । संसद्मा आउने विभिन्न विचारको संयोजन गरेर साझा निष्कर्ष निकाल्नुपर्नेमा जोड दिँदै केसीले संसद् सञ्चालनमा आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । "लोकतन्त्रको…