पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले अब कास्की जिल्ला अदालतमा नियमित तारिख धाउन नपर्ने भएको छ । मंगलबार जिल्ला न्यायाधीश श्यामकुमार श्रेष्ठको इजलासले नियमित तारिख धाउन नपर्ने आदेश दिएको हो । आइतबार लामिछानेले तारिख बाहिरैबाट मुद्दा लड्न पाउनुपर्ने माग राखेर अदालतमा निवेदन दिएका थिए । सोही अनुसार मंगलबारको इजलासले उनको…