छत्रबहादुर भट्ट राजनीति तथा समाजसेवामा सक्रिय व्यक्ति हुन्। उनी लामो समयदेखि नेपाल-भारत सम्बन्ध बलियो बनाउने काममा सक्रिय छन्। भट्टको जन्म डडेल्धुराको गन्यापधुरा गाउँपालिका-६ जैसरामा भएको हो। उनका पिता रोजगारीको सिलसिलामा भारतमा थिए। चार वर्षको हुँदा रुखबाट लडेर भट्टको हात टुट्यो। त्यसपछि उनी उपचारका लागि भारत पुगे। बुबासँग बसेर उनी त्यहिँ पढ्न थाले। त्यसले उनको भारतसँगको…