काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सोमबार बसेको बैठकमा समितिबाट पदावधि समाप्त भएका सदस्यहरूले आफ्नो कार्यकालको अनुभव आदान–प्रदान गरेका छन् । बैठकमा बोल्दै समितिका सदस्य गोपी बहादुर सार्की आछामीले आफूहरूले कार्यकालमा गरेका कामप्रति सन्तुष्टि व्यक्त गरे । उनले समितिले विभिन्न विधेयकहरू पारित गराएको र केही विधेयकहरू कानुनी प्रक्रिया पूरा गर्दै विचाराधीन अवस्थामा रहेको…