काठमाडौं । सिटिजन्स बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज बैंकको ५ प्रतिशत बोनस सेयर वापत ७३ लाख ८४ हजार ५०६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको उक्त सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।