Logo

राष्ट्रिय जिम्न्याष्टिकमा आर्मी च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल आर्मी क्लब भक्तपुरमा भएको १४औं राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगितामा च्याम्पियन बनेको छ। भक्तपुरको जगातीस्थित लिवाली कभर्डहलमा शनिबार भएको प्रतियोगितामा आर्मी सर्वाधिक १००.५० अंक जोड्दै टिम च्याम्पियन बनेको हो। नेपाल जिम्न्याष्टिक संघको आयोजनामा भएको प्रतियोगितामा बागमती प्रदेश दोस्रो भयो। बागमतीले ९८.६० अंक बटुल्यो। एपिएफ क्लबले ९२.३५ अंक जोड्दै तेस्रो भयो। आर्मीले महिलामा…