काठमाडौं । वुधबार विहान निधन भएका काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा संरक्षण समितिका अध्यक्ष प्राडा सुरेशराज शर्माको विहीबार दाहसंस्कार गरिदैछ । शर्माको बुधबार साँझ ६ः५० बजे काठमाडौँको ह्याम्स अस्पतालमा निधन भएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ । शर्माको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहीबार बिहान ७ बजेदेखि १० बजेसम्म काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट, बालकुमारी, ललितपुरमा राखिएको…