विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देललाई तोक्ने निर्णय गरेको छ । गत असोज २४ गतेदेखि रिक्त भएको बोर्डको सदस्य सचिवमा अर्को व्यवस्था नभएसम्मका लागि सदस्य सचिव तोकिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिएका छन् । त्यस्तै आजको बैठकले…