काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ घाइते भएकी छन् । अस्ट्रेलियन ए लिग फुटबलमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी ‘साम्बा’ले घुँडाको गम्भीर चोटका कारण ए–लिगको बाँकी खेल गुमाउने भएकी हुन् । ब्रिस्बेनमा शनिबार ब्रिस्बेन रोअरविरुद्धको राउन्ड ११ को खेलको दोस्रो हाफमा उनी घाइते भएकी हुन् । रोअर गोलकिपरसँगको ठोक्किँदा साम्बाको…