Logo

प्रमुख समाचार

एमालेबाट ओखलढुंगामा ईश्वर पोखरेलसहित ५ उम्मेदवार सिफारिस



ओखलढुंगा । नेकपा एमालेले आगामी निर्वाचनका लागि ओखलढुंगाबाट पार्टी नेता ईश्वर पोखरेलसहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।

बुधबार बसेको जिल्ला कमिटीको विस्तारित बैठकले पोखरलेको नाम एक नम्बरमा सिफारिस गरेको हो । पोखरेलको जन्मथलो ओखलढुंगा हो ।

ओखलढुंगाबाट जिल्ला इन्चार्ज यज्ञराज सुनुवार, कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला कमिटी अध्यक्ष जिबी खड्का र नेता नानीबाबु बुढाथोकीको नाम पनि उम्मेदवारका रुपमा सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार ११:०८   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।