काठमाडौं । त्रिपुरेश्वरमा बसभित्र भएको आगलागी घटनाबारे छानबिन गर्न दुई छुट्टाछुट्टै समिति गठन गरिएको छ। सोमबार ट्राफिक प्रहरीसँग विवाद भएपछि बस चालकले बसभित्रै बसेर आगो लगाएको आशंका गरिएको छ। आगलागीमा चालक गम्भीर घाइते भएका छन्। घटनाको वास्तविक कारण र परिस्थितिबारे अध्ययन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी रमेश बस्नेतको नेतृत्वमा एक छानबिन समिति गठन गरिएको…