Logo

ई–पासपोर्ट ठेक्का विवाद टुंगियो, आईडिमियाका तीनै रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले ई–पासपोर्ट आपूर्ति तथा प्रणाली व्यवस्थापनको ठेक्का प्रक्रियाविरुद्ध फ्रान्सेली कम्पनी आइडिमियाले दायर गरेका तीनवटै रिट खारेज गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार रिट खारेज गर्दै सरकारका नाममा निर्देशनात्मक आदेशसमेत जारी गरेको हो। फैसलाको पूर्ण पाठ भने सार्वजनिक भइसकेको छैन। सर्वोच्चको आदेशसँगै जर्मन कम्पनी म्युलबाउर आइडी सर्भिसेज जीएमबीएच र…