काठमाडाैं । वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका व्यक्तिलाई समेत कारबाही गर्नुपर्छ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । विशेष अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै अख्तियारले त्यसविरुद्ध पुनरावेदन दर्ता गरेको हो । मंसिर २०८१ मा विशेष अदालतले ३२ आरोपितमध्ये १० जनालाई मात्र दोषी ठहर गर्दै बाँकीलाई सफाइ दिएको थियो ।…