Logo

प्रमुख समाचार

वाइडबडीको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार



काठमाडाैं । वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका व्यक्तिलाई समेत कारबाही गर्नुपर्छ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । विशेष अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै अख्तियारले त्यसविरुद्ध पुनरावेदन दर्ता गरेको हो ।

मंसिर २०८१ मा विशेष अदालतले ३२ आरोपितमध्ये १० जनालाई मात्र दोषी ठहर गर्दै बाँकीलाई सफाइ दिएको थियो । दोषी ठहर भएकामध्ये नेपाल वायुसेवा निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष तथा पर्यटन सचिव शंकरप्रसाद अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार, सदस्यहरू शिशिरकुमार ढुंगाना र बुद्धिसागर लामिछाने तथा विमान आपूर्तिमा संलग्न कम्पनीका प्रतिनिधिहरू रहेका थिए ।

तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित अन्य पदाधिकारी र १४ जना कर्मचारीलाई संलग्नता पुष्टि नहुने, बदनियत नदेखिएकोजस्ता आधारमा सफाइ दिइएको थियो ।

विशेष अदालतले सफाइ दिएको हदसम्मको निर्णय उल्ट्याउनुपर्ने भन्दै अख्तियार सर्वोच्च अदालत पुगेको हो ।

 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार १५:५४   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।