काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंस्थित पहेंलो गुम्बालाई ६ थान दुईतल्ले खाट (बंक बेड) उपलब्ध गराएको छ। प्राकृतिक विपद् तथा बाढीका कारण गुम्बामा आश्रय लिइरहेका प्रभावित परिवारको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले उक्त सहयोग गरेको जनाएको छ। राहत तथा आश्रयस्थलमा बसिरहेका परिवारका लागि बंक बेड आवश्यक रहेको पहिचान भएपछि सहयोग गरिएको…