काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई बर्खास्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले सोमबार आदेश जारी गर्दै दुबै पक्षलाई अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि बोलाएको छ । सरकारले ओझालाई पदबाट बर्खास्त गरेपछि आइतबार ओझो रिट लिएर सर्वोच्च अदालत पुगेका थिए…