काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेनजी युवाहरूले गरेको प्रदर्शनपछि रुपन्देहीमा कर्फ्यू आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज अपराह्न ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेका अनुसार बुटवलदेखि भैरहवासम्मको क्षेत्र कर्फ्यूको दायरामा परेको छ ।




















प्रतिक्रिया