काठमाडौं । सरकारले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले अल्पकालीन र दीर्घकालीन दुवै प्रकृतिको सेयर कारोबारमा लाग्ने करको दर घटाउने निर्णय गरेको हो। निर्णयअनुसार ३६५ दिन वा सोभन्दा कम अवधिसम्म सेयर स्वामित्वमा राखेर बिक्री गर्दा प्राप्त लाभमा ५ प्रतिशत पूँजीगत लाभकर लाग्नेछ। त्यस्तै, ३६५ दिनभन्दा बढी अवधि…