Logo

बैंकिङ

मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सम्झौता



काठमाडौं ।  मुक्तिनाथ विकास बैंक र गुड कर्मा रेसिडेन्सिजबीच कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्ने ग्राहकलाई आवास कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ।

समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका युनिट खरिद गर्न चाहने योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्ड पूरा गरेपछि आवास कर्जा लिन सक्नेछन्। बैंकले बेसरेटमा अधिकतम ०.२५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा उपलब्ध गराउने जनाएको छ। कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहनेछ।

बैंकका अनुसार कर्जा सुविधा ग्राहकको योग्यता तथा क्रेडिट मूल्यांकन, सम्बन्धित सम्पत्तिको मूल्यांकन र कानुनी तथा प्राविधिक परीक्षणका आधारमा उपलब्ध हुनेछ।

समझदारीपछि कर्मा रेसिडेन्सिजका ग्राहकलाई घर तथा अपार्टमेन्ट खरिदका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने बैंकले जनाएको छ।

मुक्तिनाथ विकास बैंकले आवास कर्जासँगै अटो, कृषि तथा एसएमईलगायत विभिन्न क्षेत्रमा कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार १८:५७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।