Logo

कारागार व्यवस्थापन विभागका महानिर्देशक भट्टराईको सरुवा

काठमाडौं । कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव नारायणप्रसाद भट्टराईको सरुवा गरिएको छ । विभागबाट सहसचिव भट्टराईलाई निवार्चन आयोगमा पठाइएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीसहित ७२ सहसचिवको जिम्मेवारी हेरफेर गरेको थियो । विभिन्न जिल्ला कारागारमा झडप भएपछि उनलाई गृह मन्त्रालयमातहत नै नरहने गरी निर्वाचन आयोग पठाइएको हो ।