विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले घुस मागेको आरोपमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर मन्तव्य दिँदै उनले आफूमाथिको आरोपलाई ‘आधारहीन र पूर्वाग्रही’ भन्दै खारेज गरे । उनले प्रदेशसभा भित्रै गायक नवीन के भट्टराईको चर्चित गीत ‘खाँदै नखाएको विषले जिउँदै मार्यो’ उद्धृत गर्दै आफूलाई चरित्रहत्या…