काठमाडौं । स्पेनिस फुटबल क्लब रियल मड्रिडले अर्जेन्टिनी युवा स्टार फ्रान्को मास्टान्टुओनोलाई औपचारिकरूपमा अनुबन्ध गरेको छ। १७ वर्षीय मास्टान्टुओनो रिभर प्लेटबाट ४५ मिलियन युरोमा रियल मड्रिड पुगेका हुन्, जुन अर्जेन्टिनी क्लबका लागि इतिहासमै सबैभन्दा महँगो स्थानान्तरण बनेको छ। अर्जेन्टिनी राष्ट्रिय टिमबाट सबैभन्दा कम उमेरमा डेब्यू गर्ने कीर्तिमान राखेका मास्टान्टुओनो पछिल्ला दुई सिजनदेखि रिभर प्लेटको पहिलो…