काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको बजेटलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको छ। उद्योग व्यवसायको हकहितमा आफूहरूले उठाएका धेरैजसो माग सम्बोधन भएको निजी क्षेत्रका अगुवा व्यवसायीहरूको भनाइ छ। तर, उनीहरूले बजेटको सफल कार्यान्वयनमा भने शंका व्यक्त गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI)का अध्यक्ष चन्द्रप्रसाद ढकालले यस वर्षको बजेटमा आफूहरूले…