Logo

दैनिक २०० मेगावाटसम्म बिजुली भारत निर्यात गर्दै प्राधिकरण

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न थालेको छ । खोलानालामा पानीको बहाब बढेसँगै गएको शनिबारदेखि विद्युत निर्यात सुरू गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत निर्यात भइरहेको छ । नपुगेको समयमा भारतबाट पनि आयात गरिरहेको छ ।