Logo

अर्थ

कानुनको परिधिमा रहेर अर्थतन्त्र चलायमान बनाउने नवनियुक्त गभर्नर पौडेलको प्रतिबद्धता



काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले कानुन, नियम तथा ऐनको परिधिमा रही मुलुकको अर्थतन्त्रलाई सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार राष्ट्र बैंकको गभर्नरको पदभार ग्रहणपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै गभर्नर पौडेलले समन्वय, दीर्घकालीन योजना र संस्थागत सुदृढीकरणलाई आफ्नो प्राथमिकता हुने बताए । उनले भने, “एक दिन अघि नीति बनाएर भोलिपल्ट कार्यान्वयन गर्नेभन्दा पनि सबै सरोकारवाला निकायसँग छलफल गरेर अगाडि बढ्नुपर्छ।”

उनका अनुसार राष्ट्र बैंक मुलुकको मौद्रिक नीतिको अभिभावक संस्था हो र त्यसअनुसार जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता रहेको छ । उनले राष्ट्र बैंक ऐनअनुसार नीति निर्माण र कार्यान्वयन गरिने प्रतिबद्धता जनाए ।

उनले मौद्रिक नीति र सरकारको फिस्कल पोलिसी (राजस्व तथा खर्च नीति)सँग समन्वय गर्दै निर्धारित लक्ष्य अनुसार काम गरिने पनि जानकारी दिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार १३:५७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।