काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने, भत्काउनेजस्ता खुद्रे कुराहरु सरकारको मेन्युमा नभएको प्रष्ट पारेका छन् । प्रतिनिधिसभाको पाँचौ अधिवेशनको पहिलो दिनको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस एमाले सहितको यति बलियो सरकारको प्राथमिकता पार्टी टुक्र्याउने हुन नसक्ने बताएका हुन् । ‘कतिपय साथीहरुबाट मैले ‘बच्चाको जस्तो स्वभाव’ भन्ने टिप्पणी पनि सुन्ने गरेको छु।…