काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपले नेपालमा सुशासनको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताएका छन् । प्रतिनिधिसभाको हिउँदै अधिवेशनअन्तर्गत पहिलो बैठकमा सम्बोधन गर्दै उनले नागरिक एपले सरकारी सेवाहरुको पहुँचलाई सहज र पारदर्शी बनाएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीका अनुसार नागरिक एपले ५० भन्दा बढी सरकारी सेवा प्रदान गर्दै, यसको प्रयोगकर्ता संख्या ठूलो वृद्धि भएको छ । “सुरु गरेको केही दिनमै यो नेपालमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ,” उनले भने। यस एपलाई ५७ लाख २६ हजार भन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरेका छन् ।
साथै, प्रधानमन्त्रीले नागरिक एपमार्फत १ लाख ८० हजार जनाले प्यान नम्बर लिएको जानकारी पनि दिए ।




















प्रतिक्रिया