काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एनएमबि बैंक लिमिटेडले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको हो। बैंक सञ्चालक समितिका अध्यक्षले उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्। यसैगरी, बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि थप १०…