काठमाडौं । सर्वोच्च अदालतले गुण्डागर्दीबाट अवैध रूपमा सम्पत्ति कमाएको आरोप खेपिरहेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ । न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले ८ वर्षअघिको विशेष अदालतको फैसलालाई सदर गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि ७ करोड ८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप…