Logo

प्रमुख समाचार

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय



काठमाडौं । नेपाल शिक्षक महासंघले भदौबाट आन्दोलन गर्ने भएको छ ।

सरकारसँग पटक-पटक भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारको माग गर्दै आन्दोलन गर्ने निर्णय गरिएको हो । हालै सम्पन्न परिषद् बैठकको निर्णय सार्वजनिक गर्दै शिक्षक नेताहरूले शैक्षिक तथा पेसागत मागहरू पूरा गराउन निर्णायक आन्दोलनमा जाने बताए ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढाउनुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताए ।

यस्तै, बाल कक्षा शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताको व्यवस्था गर्नुपर्ने माग पनि महासंघको छ ।

राहत, साबिक उच्च माध्यमिक विद्यालयका अस्थायी/करार शिक्षक, बाल कक्षा, सिकाइ अनुदान, विशेष शिक्षा र प्राविधिक धारमा कार्यरत अस्थायी प्रकृतिका शिक्षकहरूको पेसागत सुरक्षा र स्थायित्वका लागि महासंघको माग छ । शिक्षा नियमावलीको १०औँ संशोधनले गरेको सरुवा सम्बन्धी व्यवस्थालाई ‘शिक्षक विरोधी र अव्यवहारिक’ ठहर गर्दै महासङ्घले यसलाई परिवर्तन गरी शिक्षक मैत्री बनाउनुपर्ने माग गरेको छ ।

हेर्नुहोस् महासंघका निर्णयहरू :   

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार १४:१३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।