काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक गरिएको छ । आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आ बाट आमा २’ को ट्रेलर सोमबार एक विशेष समारोहकाबीच सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर तथा प्रचार सामग्रीमा पारिवारिक प्रेम, चाडबाडको रौनकता, सम्बन्धको मिठास र विछोडका भावनात्मक पक्षहरूलाई समेटिएको देख्न सकिन्छ ।…