Logo

शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका तीन संसदीय समितिको बैठक शुक्रबार बस्दैछ। बैठकमा पर्यटन विधेयक, विद्युत् वितरण लाइन व्यवस्थापन तथा कारागार र हिरासतमा रहेका कैदीबन्दीको मानवअधिकार अवस्थालगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान १०ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषयविज्ञहरूसँग छलफल गरिनेछ। छलफलका लागि…