काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढी तनहुँतर्फ आउने भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँले सतर्कता बढाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणलाई पूर्वसूचना दिइएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए । प्रजिअ तिवारीका अनुसार बिहानैदेखि जिल्लाको सुरक्षा संयन्त्र परिचालन गरी सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी गरिएको छ ।…