काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक लिस्ट ए टी–२० मान्यता प्राप्त प्रतियोगिताको सूचीमा स्थान पाएको छ। एनपीएलको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान बनाएको छ। आधिकारिक लिस्ट ए टी–२० मान्यता प्राप्त प्रतियोगिताको सूचीमा भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल), पाकिस्तान सुपर लिग…