काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन)ले नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण आयोजना गर्ने भएको छ । ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित प्रदर्शनी आगामी जेठ २२ देखि २५ गतेसम्म (५–८ जुन २०२६) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुने महासंघले जनाएको…