Logo

प्रमुख समाचार

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सोमबारको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै नहटाएसम्म सदन अघि बढ्न नसक्ने बताएका थिए ।

विपक्षी पार्टीका सांसदहरू बोले लगत्तै उनीहरू उठेर विरोध गरेका थिए । सभामुखले पटक पटक बस्न आग्रह गरे पनि नमानेपछि उनले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार १४:५६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।