काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकको गत चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ अनुसार बैंक तथा वित्तीय संस्थाले संस्थापक समूहको स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी संस्थापक शेयर…