Logo

अर्थ

बैंकको सेयर बेचेर धमाधम बाहिरिंदै संस्थापक, सिद्धार्थको झन्डै ३ लाख कित्ता बिक्रीमा



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनी लिला देवी शारदाको नाममा रहेको २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई आवेदन दिन आग्रह गरेको हो। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था रहेको छ।

इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ। आवेदनमा आफूले खरिद गर्न चाहेको शेयर संख्यासमेत खुलाउनुपर्ने बैंकले जनाएको छ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा भने प्रचलित कानूनअनुसार अन्य व्यक्ति वा संस्थालाई समेत उक्त शेयर बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहीबार ०८:५६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।