तनहुँ। तनहुँ जलविद्युत् आयोजना अन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवन ले प्रसारण लाइनको मार्गाधिकार क्षेत्रमा पर्ने राष्ट्रिय तथा सामुदायिक वनका रुख कटान तथा व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत दिएको हो। आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार यससँगै निर्माण कार्यले गति…