Logo

अर्थ

सामाजिक सुरक्षा कोषबाट तीन लाख योगदानकर्ताले पाए सवा २० अर्ब भुक्तानी



काठमाडौं। सामाजिक सुरक्षा कोष मार्फत हालसम्म करिब तीन लाख योगदानकर्ताले २० अर्ब १७ करोड रुपैयाँ भुक्तानी पाएका छन्।

कोषका अनुसार २०७६ साउनदेखि २०८३ वैशाख चौथो सातासम्म दुई लाख ८७ हजार ६४७ योगदानकर्ताले विभिन्न शीर्षकमा रकम प्राप्त गरेका हुन्।

कोषमा हालसम्म २९ लाख ३३ हजारभन्दा बढी योगदानकर्ता सूचीकृत भएका छन्। तीमध्ये २२ लाखभन्दा बढी वैदेशिक रोजगारीमा रहेका श्रमिक छन् भने औपचारिक क्षेत्रबाट करिब सात लाख श्रमिक आबद्ध भएका छन्।

कोषले हालसम्म रोजगारदाता र श्रमिकबाट एक खर्ब ९ अर्ब ७९ करोड रुपैयाँ योगदान संकलन गरेको जनाएको छ।

औषधि उपचार, मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था योजनाअन्तर्गत भुक्तानी गरिएको कोषको भनाइ छ।

योगदानकर्ताको मृत्यु भए परिवारलाई पेन्सन, छात्रवृत्ति र अन्त्येष्टि खर्च उपलब्ध गराइने व्यवस्था छ भने नियमित योगदान गर्ने श्रमिकले उपचार, घर तथा शैक्षिक कर्जासमेत पाउने व्यवस्था गरिएको कोषले जनाएको छ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आईतवार ०७:०३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।